युनाइटेड अजोडद्धारा गैरकानुनीरुपमा आफै बसेको भवनको बीमा

Advertisement

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्सको अर्को बदमासी फेला परेको छ । कम्पनीले गैरकानुनी रुपमा आफै बसेको भवन सीटीसी मलको बीमा आफैले गरेको हो । 

स्वार्थ बाझिनेगरी बीमा गराउन कम्पनीहरुलाई बीमा ऐनले बन्देज लगाएको छ । ऐन नियमविपरित युनाइटेड अजोडले आफू बसेको भवनको बीमा आफ्नै कम्पनीमा गरे पनि नेपाल बीमा प्राधिकरणले भने कारवाही गर्न आनाकानी गर्दै आएको छ । 

Advertisement

युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स मर्ज भएर युनाइटेड अजोड बनेको हो । मजृरअघि सो भवनमा अजोड इन्स्योन्स बस्दै आएको थियो । त्यतिबेलादेखि नै स्वार्थ बाझिनेगरी गैरकानुनीरुपमा आफ्नै कार्यालय भवनको आफै बीमा गर्ने काम हुँदै आएको देखिन्छ । मर्जरपछि बनेको एकीकृत कम्पनीका सीईओ श्रवण रावलले समेत बदनियतपूर्ण ढंगले गैरकानुनीरुपमा आफू बसेको भवनको बीमा गरेका हुन् । 

सीटीसी मलको नक्का पास विवादित रहँदै आएको छ । सिभिल सहकारी संस्थाबाट अर्बौं रुपियाँ निक्षेप अपचलन गरेको कारण हाल जेल सजाय भोगिरहेका सिभिल समूहका इच्छाराज तामाङको उक्त मल (भवन)लाई लिएर सिभिल समूहका सदस्यहरुबीच नै लामो समयदेखि विवाद रहँदै आएको छ । समूहका सदस्यहरुले तामाङलाई उक्त मह बिक्री गर्न पनि दिएका थिएनन भने राम्रोसँग सञ्चालन गर्न पनि दिएका थिएनन् ।  

स्रोत भन्छ, ‘पहिलेदेखि नै यो भवन निकै विवादमा रहँदै आएको थियो । हुन त यो केही पूरानो कुरा हो । तर, पनि यसमा के छ भने सात तल्लाको भवन बनाउने भनेर नक्सा पास गरिएको, ११ तल्ला बनाएको भन्ने छ । सिभिल समूहका सदस्यहरुबीच नै यो भवनलाई लिएर निकै तिक्ततापूर्ण सम्वन्ध देखिन्छ । यस्तो भवनको बीमा गर्न युनाइटेड इन्स्योरेन्स पनि मर्जरपछि किन बस्न तयार भयो ? त्यसमाथि आफै बसेको भवनको आफैले इन्स्योरेन्स गर्न मिल्दैन् । त्यो पनि गरिरहेको छ । प्राधिकरण थाहा पाएर पनि थाहा नपाए जस्तो गर्दै आएको छ । प्राधिकरणमा अहिले कडा अध्यक्ष हुनुहुन्छ । उहाँलाई कसैले जानकारी नदिएको हो कि ?’ 

मर्जरपछि एकपछि अर्को समस्याले ग्रस्त भएको युनाइटेड अजोडलाई स्पष्टीकरण सोध्ने र कारवाही गर्न सकेको छैन् । तर युनाइटेड इन्स्योरेन्सका एक वरिष्ठ अधिकारीले आफूहरुले मात्र नभई सुरक्षाका हिसाबले कुनै कम्पनीले बीमा गरेको छ भने त्यसलाई सकारात्मक लिन सकिने तर्क गरे । 

कुनै पनि कम्पनीले आफै बसेको घरको बीमा आफ्नै कम्पनीमा गर्दा कम्पनीले बीमाशुल्क पाउँदैनन् । बीमाशुल्क नतिरेको खण्डमा कुनै पनि बीमा व्यावसायलाई उधारो बीमामा गनिने प्रावधान छ । प्राधिकरणले उधारो बीमा गर्ने कम्पनीलाई पनि बीमा ऐनअनुसार कडा कारबाही गर्ने चेतावना दिँदै आएको छ । 

युनाइटेड अजोड विगतमा पनि विवादमा पर्दै आएको कम्पनी हो । कम्पनीले गरेका करोडौं रुपियाँका बीमाको विवादास्पद भुक्तानी हुँदै आएको छ, जसको कारण कम्पनीले मुद्दासमेत खेप्दै आएको छ । 

Advertisement