भन्सार विभागले उठायो पाँच महिनामा एक खर्ब ७६ अर्ब महशुल, लक्ष्यभन्दा झण्डै ८५ अर्बले कम

Advertisement

काठमाडौं । भन्सार विभागले चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा एक खर्ब ६७ अर्ब ७७ करोड भन्सार महसुल संकलन गरेको छ । 

विभागले अघिल्लो आर्थिक वर्ष २०७९–८० को सोही अवधिको तुलनामा अहिले १० अर्ब २० करोड रुपियाँ बढी महसुल संकलन गरेको हो । गत वर्ष विभागले एक खर्ब ५७ अर्ब ५७ करोड महसुल संकलन गरेको थियो । 

Advertisement

गत वर्षको तुलनामा कम आयात भए पनि राजश्व भने बढाउन सफल भएको विभागको दाबी छ । लक्ष्यको तुलनामा भने महसुल असुली निक्कै पछि परेको छ । समीक्षा अवधिमा विभागले दुई खर्ब ५१ अर्ब ७२ करोड राजशव उठाउने लक्ष्य राखेको थियो । 

आर्थिक मन्दीका कारण अर्थ मन्त्रालयले अपेक्षा गरेअनुसारको राजश्व बढ्न नसकेको हो । पाँच महिनामा विभागको लक्ष्य भन्दा ८४ अर्ब ९५ करोडले राजश्व संकलन पछि परिसकेको छ । अर्थात लक्ष्यको तुलनामा ६६.७ प्रतिशत मात्रै कर असुली भएको छ । 

मंसिरसम्ममा भैरहवा भन्सारले ३२ अर्ब ४२ करोड, विराटनगर भन्सारले १२ अर्ब ६२ करोड, ६० अर्ब ३३ करोड, सुक्खा बन्दरगाह भन्सार कार्यालयले २० अर्ब ६८ करोड महसुल असुल गरेको छ। 

चीनतर्फको दुबै नाकाबाट लक्ष्यभन्दा बढी राजश्व असुल भएको छ । रसुवाबाट आठ अर्ब ४४ करोड महसुल असुली भएको छ । यो कुल लक्ष्यको तुलनामा ४१.७ प्रतिशतले बढी हो । यस्तै तातोपानी भन्सार कार्यालयबाट चार अर्ब नौ करोड महसुल संकलन भएको छ । यो लक्ष्यको तुलनामा ७१.५ प्रतिशतले बढी हो। 

Advertisement