राजश्वका करार सेवा कर्मचारीले टन्नै कमाएको हुनसक्ने आशंकामा सम्पत्ति विवरण माग गरियो

Advertisement

काठमाडौं । अर्थ मन्त्रालयले राजश्व समूहमा काम गर्ने करार सेवाका कर्मचारीहरुको सम्पत्ति विवरण माग गरेको छ । 

मन्त्रालयले भन्सार विभाग, आन्तरिक राजश्व विभाग, सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र र सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमा कार्यरत करार सेवाका कर्मचारीको सम्पत्ति विवरण माग गरेको हो । 

Advertisement

मन्त्रालयले सबै कार्यालय र विभागलाई विवरण पठाउन पत्राचार गरिसकेको छ । राष्ट्रिय सतर्कता केन्द्रले विवरण माग गरेको भन्दै मन्त्रालयले करार सेवाका कर्मचारीको विवरण माग गरेको हो । 

करार सेवामा काम गर्ने कर्मचारीले राजश्वमा विचौलियको काम गर्नसक्ने भन्दै मन्त्रालयले विवरण माग गरेको मन्त्रालय स्रोतले बतायो । स्रोतले करार सेवामा काम गर्नेहरुले अकुत सम्पत्ति कमाएको हुनसक्ने आशंका भएकाले सम्पत्ति विवरण माग गरिएको बताउँदै यसरी आएको विवरण मन्त्रालयले सतर्कता केन्द्रलाई पठाउने बताए । 

undefined 

Advertisement