पोखरा सडक महोत्सव सुरु, ८० लाख आम्दानी गर्ने योजना (फोटोफिचर)

Advertisement

पोखरा । अंग्रेजी नयाँ बर्षलाई लक्षित गरी आज (बिहीबारबाट २५औं पोखरा सडक महोत्सव सुरु भएको छ । पाँच दिनसम्म चल्ने महोत्सव रेष्टुरेण्ट एण्ड बार एशोसियशन (रेवान) पोखराले आयोजना गरेको हो । 

रेवानले हरेक वर्ष लेकसाइडमा यस्तो महोत्सव गर्ने गरेको छ । रेवानका अध्यक्ष नरेश भट्टराईले महोत्सवबाट ८० लाख रुपियाँ आम्दानी हुने अनुमान गर्दै यस वर्ष रजत जयन्ती महोत्सव पनि भएकाले कार्यक्रम भव्यरुपमा मनाउने बताए । 

Advertisement

लेकसाइडको करिव तीन किलोमिटर क्षेत्रमा सुरु भएको महोत्सवको नारा ‘सडक मै खाउँ, सडकमै रमाउँ’ रहेको छ । पहिलो दिन आज झाँकी प्रदर्शन गरि सुरु गरिएको हो । महोत्सवको मुख्य आर्कषणको रुपमा विभिन्न जातजातीको साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रर्दशनसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रीकालिन कन्सर्ट, बोट रेस, वेटर रेस, टग अफ वार, भलिवल प्रतियोगिता रहेको छन् । 

त्यस्तै, महोत्सव अवधिमा सचेतनामूलक सडक नाटक, सेल्फी फोटो बुथ, पोखराको पर्यटनको विकास, प्रवर्द्धन, अवसर तथा चुनौतीहरुको विषयमा केन्द्रीत गरी टक सो कार्यक्रम, स्वदेशी हस्तकला, चित्रकला, मुर्तिकला तथा कृर्षि, वनस्पती लगायतका कृर्षि उपजहरुलाई प्राथमिकता साथ प्रदर्शनीको व्यवस्था गरिने, बालबालिकाहरुका लागि चित्रकला र पोखराका विभिन्न साहसिक खेलकुदहरुको डकुमेन्टी प्रर्दशनका साथै पर्यटकीय गन्तव्यको प्रवर्द्धन, महोत्सव क्षेत्रमा सञ्चालन गर्दै आएका व्यावसायीहरुले सडक महोत्सवको अवधारणा अनुरुप सोही व्यवसाय निर्धारित पसल अगाडी ल्याई सजिसजावटका साथ व्यवसाय प्रवर्द्धन गरिने कार्यक्रम छ । 

फिस्टेल गेटदेखि गैराको चौतारा हुँदै जरेवर लेकसाइडसम्म हुने महोत्सव पर्यटनमैत्री वातावरणमा सभ्य र भव्य रुपमा सम्पन्न गर्ने आयोजकको भनाई छ ।

undefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefinedundefined

Advertisement