अदालत परिसरबाटै थुनुवा हत्कडीसहित भागे

Advertisement

काठमाडौं । जिल्ला अदालत, काठमाडौं परिसरबाट बुधबार एक जना थुनुवा हत्कडीसहित फरार भएका छन् ।

ठगी मुद्दाका थुनुवा विमल खड्का भागेपछि उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार डलर देखाएर लुटपाट गरेको आरोपमा उनलाई प्रहरी वृत्त, स्वयम्भूले पक्राउ गरेको थियो । 

Advertisement

Advertisement