पाकिस्तानको केन्द्रीय बैंकको विदेशी मुद्रा सञ्चिति ८.२ अर्ब अमेरिकी डलर पुग्यो

Advertisement

पाकिस्तानको केन्द्रीय बैंकको विदेशी मुद्रा सञ्चिति बढेर ८.२ अर्ब अमेरिकी डलर पुगेको छ ।

स्टेट बैंक अफ पाकिस्तान (एसबीपी) ले आफ्नो विदेशी मुद्रा सञ्चिति ४६४ मिलियन अमेरिकी डलरले बढेर २९ डिसेम्बर २०२३ सम्ममा ८.२ बिलियन डलर पुगेको जनाएको हो ।

Advertisement

वाणिज्य बैंकहरुसँग रहेको खुद विदेशी सञ्चिति करिब ५ अर्ब डलर पुगेको केन्द्रीय बैंकले जनाएको छ ।

एसबीपीका अनुसार दक्षिण एसियाली देशसँग रहेको कुल तरल विदेशी सञ्चिति करिब १३.२ अर्ब डलर रहेको छ ।

 

 

 

Advertisement

Advertisement