टर्किस एयरलाइन्सका सबै बोइङ ग्राउन्डेड

Advertisement

एजेन्सी । टर्कीको राष्ट्रिय ध्वजावाहक टर्किस एयरलाइन्स (टिएचवाई) ले अमेरिकामा भएको घटनापछि आफ्ना सबै बोइङ ७३७ म्याक्स ९ विमान ग्राउन्ड गरेको छ । टिएचवाईले पाँच म्याक्स ९ विमानहरूलाई  ग्राउन्डेड गर्ने निर्णय गरेको हो ।

प्राविधिक अनुसन्धान प्रक्रिया पूरा नभएसम्म विमान  ग्राउन्डेड हुनेछन् । अलास्का एयरलाइन्सको बोइङ ७३७ म्याक्स ९ प्रकारको विमानको आकस्मिक निकासको ढोका शुक्रबार १६ हजार फिट उचाइमा विस्फोट भएको थियो । जसले ठूलो प्वाल पारेर यात्रुको क्याबिनलाई कम्प्रेस गरेको थियो । अमेरिकाको ओरेगन राज्यको पोर्टल्यान्ड अन्तर्राष्ट्रिय विमानस्थलबाट विमान उडेको केही समयपछि भएको उक्त घटनाले यात्रु आतंकित बनेका थिए । 

Advertisement

ओन्टारियो, क्यालिफोर्नियाका लागि गन्तव्यमा रहेको उक्त विमानले पोर्टल्यान्डमा आपत्कालीन अवतरणसमेत गरेको थियो ।

Advertisement

Advertisement