विश्वचर्चित ‘डीजे’ तथा ‘प्रोडक्सन’ जोडीको तीन दिनको नेपाल बसाइ

Advertisement

काठमाडौं । गएको हप्ता विश्व चर्चित ‘डीजे’ र ‘प्रोडक्सन’ जोडी ‘म्याटिस एण्ड साड्को’ नेपाल आएर तीन दिन बिताई फर्किएका छन् । 

उनीहरु यही गएको पुस २४ गते आएर २६ गते फर्किएका हुन् । आफ्नो प्रस्तुतीको लागि ‘म्याटिस एण्ड साड्को’ पुस २६ मा भारत गएको एलओडी क्लबका कार्यकारी अध्यक्ष रुपदीप श्रेष्ठले जानकारी दिए । 

Advertisement

श्रेष्ठका अनुसार विश्व चर्चित ‘म्याटिस एण्ड साड्को’लाई एलओडीले नेपाल ल्याएको हो । उनीहरुले एलओडी क्लबमा आफ्नो प्रस्तुती दिएर फर्किएका छन् । 

तीन दिनको बसाइमा उनीहरुले नेपालको स्वयम्भू, काठमाडौं दरबार क्षेत्रलगायत ठाउँ भ्रमण गरेका थिए । श्रेष्ठले भने, ‘उनीहरुलाई स्वयम्भू चाहिँ एक्दम मन परेको बताएका थिए । नेपाल भनेर गुगलमा खोज्दा हिमाल, पहाड, पुरानो प्रकारको शहर कल्पना गरेका रहेछन् । तर काठमाडौं आइसकेपछि आफूहरुले पूरा फरक पाएको सुनाएका थिए । उनीहरु हरेक वर्ष नेपाल आउने पनि बताएका छन् ।’ 

 

छ–छ महिनामा उनीहरुले नेपालमा एउटा प्रस्तुती गर्नुपर्ला भनेको बताउँदै श्रष्ठले एलओडीले पनि आफ्नो तर्फबाट नेपाललाई विश्व बजारमा चिनाइरहेको बताए । ‘एलओडी क्लब’ विश्वको ४९औं उत्कृष्ट क्लबमा पर्न सफल क्लब हो । 

undefined

एलओडीमा विदेशी कलाकारहरु आउँदा उनीहरुले पनि आफनो सामाजिक सञ्जालमार्फत पनि आफ्ना गतिविधिहरु पोस्ट गरिरहेका हुन्छन् भन्दै उनले यसरी पोष्ट गर्दा पोष्ट गर्नेको फलोअरले हेर्ने र नेपाललाई चिन्ने मौका पाउने बताए । 

एलओडीले नेपाल ल्याएका प्रख्यात कलाकारहरुले नाइट लाइभको बारे आफ्नो सामजिक सञ्जालमा राख्दा पनि विश्व चिर्चित कलाकारहरु ल्याउन सजिल्लो हुने श्रेष्ठको भनाइ छ । उनले भने, ‘जस्तै थाइल्याण्डको नै कुरा गर्न पर्दा २२ करोड पर्यटकहरुले एकै वर्षमा भ्रमण गरेका छन् । त्यस्तै नेपालमा पनि अझ धेरै पर्यटक भित्राउन सकिन्छ । नेपाल पनि विश्वव्यापी रूपमा चिनोस्, नेपालमा हिमाल, पहाडबाहेक अरु पनि चिजहरु छ भन्ने खालको होस् भनेर पनि हामीले हाम्रो तर्फबाट प्रयास गरिरहेका हौं । गर्दै जाने पनि छौं ।’ 

हिजोआज एलओडीमा भारतीय, चिनियाँ पर्यटकहरु धेरै हुने गरेको श्रेष्ठले बताए । उनले आउँदो जनवरी २६ मा अर्को प्रख्यात डीजे विनाई आउन लागेको बताए । आफूहरुले विश्वमा चर्चित कलाकार ल्याएर क्लब तथा डिस्को उद्योगलाई माथि उठाउन लागेको बताए । 
 

Advertisement