अब लघुबीमा कम्पनीहरुले प्रत्येक आवको अन्तिममा बीमांकीय मूल्यांकन गर्न पाउने भए

Advertisement

काठमाडौं । नेपाल बीमा प्राधिकरणले लघु बीमा कम्पनीहरुको एक्चुरी भ्यालुयसन (बीमांकीय मूल्यांकन)को समय अवधि परिवर्तन गरेको छ । प्राधिकरण वित्तीय विवरण शाखाका उपनिर्देशक विरोध वाग्लेले सोसम्वन्धमा नयाँ नीति जारी गरेको जानकारी दिए । 

उनका अनुसार विगतमा तीन वर्षमा लघुबीमा कम्पनीहरुलाई बीमांकीय मूल्याकन गर्न निर्देशन दिए पनि तीन बर्षमा गर्दा अरु समस्याहरु आउने देखिएकाले प्रत्येक बर्ष नै यस्तो मूल्याकन गर्नुपर्नेगरी नयाँ नीति बनाएको हो । अब भने लघुबीमा कम्पनीहरुले आफूले चाहेको अवस्थामा एक, दुई वा तीन वर्षमा यस्तो भ्यालुयसन गर्नसक्ने छन् । 

Advertisement

यसअघि प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले लघुबीमा कम्पनीहरुले प्रत्येक वर्ष आफ्नो भ्यालुयसन सम्पन्न गर्न नसक्दा त्यसले समस्या उत्पन्न हुने गुनासो गरेको बताएका थिए । पूरानो निर्णयले लघुबीमा कम्पनीहरुलाई समस्या नहोस भनेर नयाँ नीति जारी गर्न लागेको उनले जानकारी दिएका थिए । 

पौडेलले कर्पोरेट नेपालसँग भनेका थिए, ‘पहिले हामीले लघुबीमा कम्पनीहरुले आफ्नो बीमांकीय मूल्यांकन तीन वर्षमा गर्यो भने पनि समस्या पर्दैन भनेर त्यही योजना बनायौ । तर, अब अरु कम्पनीसरह वार्षिकरुपमा आफ्नो मूल्यांकन नगरे उनीहरुको नाफानोक्सानको अवस्था र पारदर्शीता पत्ता लगाउन समस्या हुने भनेर कुराहरु आएका छन् । त्यस्तो समस्या आउन नदिने हामी चाँडै नयाँ नीति जारी गछौं ।’

लघुबीमाको व्यावसायको आकार ठूला बीमा कम्पनीहरुको तुलनामा सानो हुने भएकाले प्राधिकरणले उनीहरुलाई तीन वर्षमा आफ्नो बीमांकीय मूल्यांकन गरे हुने छुट दिएको थियो । अर्कोतर्फ विगतमा नेपालमा बीमा व्यावसाय सुरु गर्दा ठूला कम्पनीलाई आफ्नो मूल्यांकन गराउन दुईदेखि तीन आर्थिक वर्षसम्म समय लाग्ने गरेकाले साना लघुबीमा कम्पनीहरुलाई बोझ नहोस् भनेर समय दिइएको थियो । नेपालमा यस्तो मूल्यांकन गर्ने एक्चुरी नपाइने, इण्डियनहरुलाई गराउनुपर्ने, उनीहरुले शुल्क धेरै लिने भएकाले पनि लघुबीमाको हकमा तीन बर्षको समय लागिएको प्राधिकरणले बताउँदै आएको थियो । 

तर लघुबीमा कम्पनीहरुलाई हरेक बर्ष मूल्यांकन गराउनसक्दा उनीहरुलाई व्यावसाय गर्न सहज हुने भएकाले पूरानो नीतिमा परिवर्तन गरिएकाृे हो । विगतमा एक्चुरी पाउन समस्या भए पनि अहिले भने त्यस्ता समस्या नरहेको बीमा कम्पनीहरुले बताउने गरेका छन् । हाल सात वटा लघुबीमा कम्पनीहरुले क्षेत्रीयस्तरमा रहेर सेवा प्रदान गर्दै आएका छन् । 

Advertisement