सरकारले २९ जना सहसचिवको सरुवा गर्यो, अर्थबाट सेवन्तक निस्किए, बालेनलाई प्रदीप परियार

Advertisement

काठमाडौं । सरकारले एकै पटक २९ जना सहसचिवहरुको सरुवा गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुको सरुवा गरेको हो । 

अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोख्रेल मधेशको अर्थ मन्त्रालयमा सरुवा भएका छन् । उनी हाल भन्सार विभागमा उपमहानिर्देशकको रुपमा कार्यरत थिए । 

Advertisement

यस्तै, सुन काण्डमा मुछिएर विवादित छवि बनाएका सहसचिव झलकराम अधिकारी नेपाल ट्रष्टको कार्यालय पुगेका छन् । उनी सुन काण्डमा मुछिएसँगै अध्यागमन विभागबाट अर्थ मन्त्रालय तानिएका थिए ।अधिकारी गृहमन्त्री नारायणकाजी श्रेष्ठ नजिकका व्यक्ति भएका कारण ट्रष्टमा सरुवा गरिएको स्रोतको भनाई छ । 

यसैगरी, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमा प्रदीप परियार नियुक्त भएका छन् । यसअघिका सहसचिव वसन्त अधिकारीको मेयर बाले शाहसँग कुरा नमिलेपछि सरुवा भएको थियो । 

गृहमन्त्रालयमा रहेका नारायण रिसाल अर्थ मन्त्रालयमा आएका छन् । 

undefinedundefinedundefinedundefined

Advertisement