रुस र युक्रेनमा सेना भर्तीबारे प्रधानमन्त्रीको तर्कः जागिर खाने नाममा देशको कानून उल्लंघन गरियो

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जागिर खाने नाममा देशको कानून उल्लंघन गरेर युवाहरु रुस र युक्रेनको सेनामा भर्ती हुन गएको तर्क गरेका छन् । 

आइतबार बिहान तीन दिने युगाण्डा भ्रमण सकेर फर्किएका उनले विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै रुस, युक्रेन सेनामा नेपालीहरु भर्ती भएको विषयबारे बोलेका थिए । जागिर खाने नाममा जहाँ पायो त्यहीँ राज्यको नीति विपरित, संविधानको मर्म विपरित, संविधानको मर्म विपरित र लोकतान्त्रिक राष्ट्रिय स्वाधिनताको भावना विपरित सेनामा भर्ती हुन नहुने दाहालको भनाई छ । 

Advertisement

उनले विगतमा सम्झौता भएका भारत र इंग्ल्याण्डबाहेक अन्यत्र कतै पनि नेपाली युवाहरुलाई सेनामा भर्ती गर्न दिने प्रावधान नरहेको जिकिर गरे । दाहालले रुसलाई युगाण्डा भ्रमणका क्रममा पनि नेपाली युवाहरु सेनामा भर्ती नगर्न र मृतकको क्षतिपूर्तिसहित शव फर्काइदिन आग्रह गरिएको बताए । 

उनले भने, ‘रुस वा युक्रेनमा त्यहाँको लडाईंमा नेपालीहरु रुसी सेनामा भर्ती भएको वा अन्यत्र भर्ती भएको भन्नेबारेमा सरकार निकै गम्भीर र संवेदनशील छ । सरकारको तर्फबाट हाम्रो यस्तो नीति छैन् । जोसँग सम्झौता भएका विगतका भारत र इंग्ल्याण्ड बाहेक अन्यत्र कतै पनि नेपाली युवाहरुलाई कहीँ पनि सेनामा भर्ती गर्ने नीति छैन । रुसलाई नोट पठाइएको छ । परराष्ट्रमन्त्रीज्युले पटकपटक यो विषयमा कुरा गर्नुभएको छ । युक्रेनसँग, रुससँग । अहिले पनि रुसका उपविदेशमन्त्रीसँग भेटेरै कुरा गर्नुभएको छ । तपाईंले फिर्ता पठाइदिनुपर्छ भनेका छौँ । मारिएका बारेमा पनि कुरा भएको छ, क्षतिपूर्ति लगायतमँ । सरकारले गम्भीर रुपमा लिएन भन्नेकुरा सही होइन । सबैले जनतामा चेतना फैल्याउनुपर्छ । जागिर खाने नाममा जहाँ पायो त्यहीँ नेपालको राज्यको नीति विपरित, संविधानको मर्म विपरित, हाम्रो लोकतान्त्रिक राष्ट्रिय स्वाधिनताको भावना विपरित जहाँ पनि सेनामा भर्ती हुने, जहाँ पनि जाने अभm बाटो छलेर जाने तरिका भएन भन्ने चेतना फैल्याउनुपर्छ । सरकार गम्भीर छ । यसमा सबै लाग्नुपर्छ, सरकारले पठाएको पनि होइन । सरकारले भन्ने बित्तिकै रुसले मानिहाल्ने कुरा पनि छैन ।’

प्रधानमन्त्री दाहालले रुस र युक्रेनमा नेपालीहरु सेना भर्तीको विषयलाई सरकारले गम्भीर रुपमा लिइरहेको बताए । 

Advertisement