सीएफ मोटो तथा जीहो ब्रान्डको आधिकारिक वितरक बन्यो ऋषि ट्रेड सेन्टर

Advertisement

काठमाडौं । रिलायन्स ग्रुप अन्तर्गतको ऋषि ट्रेड सेन्टर सीएफ मोटो तथा जीहो ब्रान्डका सवारी साधनको आधिकारिक वितरक बनेको छ । 

आधिकारिक बिक्रेता बनेसँगै सेन्टरबाट सीएफ मोटो ब्रान्ड अन्तर्गत हाइली प्रिमियम पावर तथा पर्फमेन्स बाइक, एटीभी, एसएसभी मोटरसाइकल तथा जीहो अन्तर्गत विभिन्न मोडलका इलेक्ट्रिक स्कुटर अझ बढी आकर्षक विशेषताका साथ उपलब्ध गराउने जनाएको छ । 

Advertisement

सेन्टरले सीएफ मोटोका एनके २५० र एसके २५० बाइक तथा एटीभी, एसएसभी र जीहोको एई६ उपलब्ध गराइरहेकोमा हालै एई६ प्लस नेपाली बजारमा भित्र्याएको छ । आकर्षक लुक्स, उच्च प्रविधि र प्रयोगकर्तामैत्री एई६ प्लसमा ५.५ किलोवाटको पिक पावर छ ।

Advertisement