जीवन बीमाको व्यापारमा रु. दुई अर्बभन्दा धेरैको वृद्धि, बढ्नुको कारणबारे के भन्छन् पौडेल ?

Advertisement

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा जीवन बीमा कम्पनीहरुले कुल ७४ अर्ब २२ करोड रुपियाँ बीमाशुल्क संकलन गरेका छन् । 

बीमा कम्पनीहरुले गत आर्थिक वर्षको सोही अवधिमा ७१ अर्ब ६५ करोड २० लाख रुपियाँ मात्रै बीमाशुल्क संकलन गरेका थिए । समीक्षा अवधिको तुलना गर्दा जीवन बीमा क्षेत्रले दुई अर्बभन्दा बढीको व्यापार गर्न सफल भएका छन् । 

Advertisement

नेपाल बीमा प्राधिकरणले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार सबैभन्दा धेरै बीमाशुल्क नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले संकलन गरेको छ । यस अवधिमा उसले २० अर्ब दुई करोड रुपियाँ बीमाशुल्क संकलन गरेको हो । 

त्यस्तै, दोस्रोमा भारतीय लगानीको एलआईसी नेपालले आठ अर्ब ६२ करोड रुपियाँ संकलन गरेको छ तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्सले आठ अर्ब ५६ करोड रुपियाँ बीमाशुल्क संकलन गरेको छ । 

प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा क्षेत्रमा आर्थिक मन्दीको असर न्यून देखिएको, जीवन बीमा कम्पनीहरुमा नयाँ व्यावसाय पनि थपिएको र समग्र बीमा बजारमा सकारात्मक लय देखापरेकाले त्यसको प्रभाव जीवन बीमा कम्पनीहरुमा परेको बताए । 

उनले आगामी दिनमा जीवन बीमा व्यावसायलाई नयाँ लघुबीमा कम्पनीहरु, सरकारी नीतिमा भएका फेरबदल तथा नागरिकहरुमा बढेको बीमा चेतनाको स्तरले पनि बीमा व्यावसाय बढ्दो क्रममा नै रहने अनुमान गरे । बीमाको व्यावसाय बढ्नुको पछाडि आम जनतामा बीमाप्रतिको आकर्षण भएको पौडेलको तर्क छ । 

undefined

Advertisement