नेवानिद्धारा सिनामंगलमा प्रधान कार्यालय बनाउन सुरु, न्यूरोडको भवन भने भाडमा दिइने

Advertisement

काठमाडौं । नेपाल वायुसेवा निगमले सिनामंगलमा आफ्नो प्रधान कार्यालय बनाउने भएको छ । सिनामंगलमा बनाउन लागिएको भवनको शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शिलान्यास गरे । 

निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक रहेको आफ्नो भवनमा प्रधान कार्यालयसँगै ‘इन फ्लाइट किचेन’ भवन, निगमलाई आवश्यक पर्ने पार्किङस्थल तथा अन्य संरचना निर्माण गरिने छ । 

Advertisement

करिव ३५ रोपनी क्षेत्रफलमा निर्माण हुने भवन बहुवर्षीय ठेक्कामा निर्माण हुन लागेको हो । निगमका अध्यक्ष युवराज अधिकारीले सुविधासम्पन्न, आधुनिक र कलात्मक भवन निर्माण गर्न लागिएको बताए । न्यूरोडको भवन भने व्यवसायिक प्रयोजनमा लगाएर भाडा खाने उनले योजना सुनाए । 

शिलान्यास कार्यक्रममा मन्त्री किराँतीले निगमलाई देशकै गौरवको विषय बनाउनुपर्ने तर्क गरे । उनले सबैले इमान्दार भएर काम गर्ने हो भने एक वर्षमै निगमको मुहार फेरिने दाबी गरे । निगम अन्तार्राष्ट्रिय जगतमा चिनाउने देशको मुहार भएकाले निगमलाई राम्रो बनाउनुपर्ने किरातीको भनाई छ । 

Advertisement

Advertisement