आँखुखोला जलविद्युतको नाफा ४३ प्रतिशतले घट्यो, यस्ता छन् अन्य सूचक

Advertisement

काठमाडौं । आँखुखोला जलविद्युतको खुद नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणमा खुद नाफा घटेको देखिएको हो । 

दोस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा ४२.८५ प्रतिशतले घटेर १ करोड ५२ लाख ३५ हजार रुपियाँ पुगेको छ । गत आवको सोही अवधिमा कम्पनीले २ करोड ६६ लाख ५८ हजार रुपियाँ खुद नाफा कमाएको थियो । 

Advertisement

एक वर्षमा विद्युत् बिक्रीबाट हुने आम्दानी र सञ्चालन नाफा दुवै घटेको छ । यसले नाफा प्रभावित बनाएको हो । 

विद्युत् बिक्रीबाट हुने आम्दानी १२.०४ प्रतिशतले घटेर १० करोड ७६ लाख १ हजार रुपिँया र सञ्चालन नाफा पनि ९.११ प्रतिशतले घटेर ७ करोड २४ लाख ५७ हजार रुपियाँमा सीमित भएको छ । 

चालू आवको ६ महिना अर्थात् पुस मसान्तसम्म आइपुग्दा कम्पनीको चुक्ता पुँजी ८० करोड,  छ भने जगेडा कोष २३ करोड १८ लाख ४२ हजार रुपियाँले ऋणात्मक छ । प्रतिसेयर आम्दानी ३.८१ रुपियाँ र प्रतिशयर नेटवर्थ ७१ रुपियाँ रहेको वित्तीय विवरणमा उल्लेख छ । 

Advertisement

Advertisement