संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नै नियुक्त

Advertisement

काठमाडौं । संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त भएका छन् । लामो पखाईपछि राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार पाण्डेयलाई महासचिवमा नियुक्त गरेका पौडेलका हुन् ।

महासचिवमा नियुक्तिअघि पाण्डेयले आजै प्रतिनिधि सभाको सचिव पदबाट राजीनामा दिएका थिएका थिए । पौडेलका कानुनी सल्लाहकार बाबुराम कुँवरका अनुसार 
उनको राजीनामा स्वीकृत गरेर महासचिवमा नियुक्त गरिएको हो । 

Advertisement

पाण्डेयलाई गत मंसिर २५ गते सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सनाले महासचिवमा सिफारिस गरे पनि नियुक्ति गर्न आलटाल गरेको भन्दै नेकपा एमालेका साँसदहरुले विरोध जनाएका थिए । त्यसअघि तत्कालीन महासचिव भरतराज गौतमले राजीनामा दिएका थिए । 

समय अगावै गौतमले राजीनामा दिनु र पाण्डेयले सचिवबाट राजीनामा नदिनुको कारण देखाउँदै रीत नपुगेको भनी पौडेलले सिफारिस अनुसार महासचिव नियुक्त गरेका थिएनन् । यसबीचमा घिमिरे र तिमिल्सिनाले नियुक्ति सिफारिस कार्यान्वयन नभएको भनी स्मरण पत्र लेखेका थिए । 

Advertisement

Advertisement