कृषि आर्थिक रुपान्तरणको बलियो खम्बाः अर्थमन्त्री महत

Advertisement

काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक रुपान्तरणको बलियो खम्बा कृषि रहेको बताएका छन् ।   

बिपी चिन्तन प्रतिष्ठान केन्द्रीय समितिद्वारा आज आयोजित ‘नेपालमा आर्थिक रुपान्तरणका आधारहरू सुशासन, ऊर्जा, कृषि, पर्यटन र श्रम तथा रोजगार’ विषयक विचारगोष्ठीमा मन्त्री डा महतले मुलुकको आर्थिक विकासलाई नेतृत्व गर्ने बलियो आधार कृषि रहेको उल्लेख गरेका हुन् ।  

Advertisement

“मुलुकमा लोकतन्त्र स्थापना अगाडि राजनीति केन्द्रित बहस हुने गरेको थियो । तर संविधान निर्माणपछि आर्थिक क्षेत्रमा पनि बहस हुन थालेको छ”, उनले भने, “आर्थिक रुपान्तरणको सुदृढ पक्ष कृषि हो । कृषिमा रुपान्तरणकारी परिवर्तन ल्याउन लगानीअनुरुपका प्रतिफल ल्याउने खोजी हुुनुपर्छ । कृषिमा आत्मनिर्भर हुन जरुरी छ ।”

नेपाल किसान संघका पूर्वअध्यक्ष डा भानुभक्त सिग्देलले बिपीले देखाएको समाजवादको आधारशीला कृषि र किसानबाट खोज्नुपर्ने भन्दै  दिँदै कृषिमा लगानी अभिवृद्धि गर्नुपर्नेमा जोड दिए ।  कृषिमा रुपान्तरण गर्न कृषि दशक घोषणा गरी अघि बढ्न आवश्यक रहेको उनले औँल्याए । 

नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी अधिकृत धनञ्जय रेग्मीले पर्यटन क्षेत्रलाई सुदृढ बनाउन बाह्य मुलुकसँग कूटनीतिक सम्बन्ध बलियो हुनुपर्नेमा जोड दिउ । उनले हिलस्टेशन प्रभावकारीरूपमा सञ्चालन गर्न सकेमा पर्यटकीय क्षेत्रमा मुलुकले ठूलो उपलब्धि हासिल गर्न सकिने जिकिर गरे । 

साथै पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्राविधिक व्यवस्थापन गर्न जरुरी रहेको उनले बताए । 

Advertisement

Advertisement