समाजवादी मोर्चाको संयोजक बने विप्लव

Advertisement

काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव समाजवादी मोर्चाको संयोजक बनेका छन् । आज बिहान एकीकृत समावादीका अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको मोर्चाको बैठकले चन्दलाई संयोजक तोकेको हो ।

बैठकपछि नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले  मोर्चाको नेतृत्व अब विप्लवले गर्ने बताए ।

Advertisement

गत असार ४ मा नेकपा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीका नेता समाजवादी मोर्चा घोषणा गरेका थिए । 

चार–चार महिनामा आलोपालो नेतृत्व सम्हाल्ने सहमति अनुसार सुरुमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले र त्यसपछि समाजवादीका अध्यक्ष नेपालले सम्हालेका थिए ।

Advertisement

Advertisement