अदालतबाट पक्राउ पुर्जी जारी भएका विप्लव समाजवादी मोर्चाको संयोजक चयन

Advertisement

काठमाडौं । समाजवादी मोर्चाको संयोजकमा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव चयन भएका छन् । आईतवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले मोर्चाको संयोजकमा चन्दलाई तोकेको हो । 

बैठकमा आलोपालो नेतृत्व गर्ने प्रावधानअनुसार अबको नेतृत्व चन्दले गर्ने माओवादी केन्द्रका महासचिव देव गुरुङले बताउनु भयो । जिल्ला अदालत काठमाडौंले विप्लवसहितका नेताहरुमाथि राज्यविरुद्धको कसुरमा पक्राउ पूर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएपछि उनको पार्टीले आन्दोलनको घोषणा गरेको थियो । 

Advertisement

गुरुङले बैठकमा समसायिक, राजनीतिक परिस्थितिको बारेमा समीक्षा भएको बताए । उनले मोर्चाले गरेको कमी कमजोरीलाई सच्याएर अघि बढ्ने र छिटै अर्को बैठक बस्ने बताए । 

राज्यविरुद्धको कसुरमा जिल्ला अदालत काठमाडौंले उनीहरुलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन सूचना जारी गरेपछि अहिलेसम्म प्रहरीले पक्राउ गरेको छैन् । 
 

Advertisement

Advertisement