गणतन्त्रमाथि प्रहार रोक्किएन, दलहरु मिलौंः गगन थापा

Advertisement

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्राप्त उपलब्धिमाथि भइरहेको प्रहारलाई रोक्न सबै राजनीतिक दलहरु मिल्नुपर्ने बताएका छन् । 

शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले राजनीतिक दलहरुले लडेर ल्याएको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षतालगायतका उपलब्धिमाथि विभिन्न रुपबाट प्रहार भइरहेको बताउँदै उक्त उपलब्धी पक्षधर दलहरु मिल्नु जरुरी रहेको औंल्याएका छौं । 

Advertisement

थापाले सबै राजनीतिक दलहरु मिलेर नगएसम्म उपलब्धिमाथि भइरहेको प्रहारलाई रोक्न नसकिने बताए । उनले राजनीतिक दलहरु एकअर्काको आरोप प्रत्यारोपमा उत्रिँदा प्राप्त उपलब्धिमाथि भइरहेको आक्रमण रोक्न ध्यान नपुगेको बताए । 

थापाले सबै राजनीतिक दल र नेताहरुले मिलेर कसरी प्राप्त उपलब्धिको रक्षार्थ खट्ने भन्नेबारेमा छलफल गर्न जरुरी रहेको बताए । उनले भने, ‘राजनीतिक दलहरुका साथीहरु एकै ठाउँमा छाँै । हाम्रो सबै कुराको प्रहार अहिलेको हाम्रो उपलब्धिमाथि भइरहेको छ । यसलाई हामी एक अर्कालाई प्रहार गर्दागर्दै हाम्रा उपलब्धिमाथि भएको प्रहारका सन्दर्भमा हाम्रो ध्यान पुग्न सकेको छैन । त्यसमा ध्यान पु¥याउनुपर्ने हुन्छ । गर्नुपर्छ, हुनुपर्छ भन्नेकुरामा एक ठाउँमा भइसकेपछि कसरी ? भन्नेकुरामा छलफल गर्नुपर्छ । राजनीतिक पार्टीहरु हुनुपर्छ ।’

थापाले प्रेस स्वतन्त्रताको कुरा गर्दैगर्दा समाजलाई पर्ने प्रभावका बारेमा सोचेर लेख्नुपर्ने बताए । सञ्चारमाध्यमले प्राप्त गरेको अधिकारको दुरुपयोग भएको कुरालाई रोक्नुपर्ने कुरामा विशेष जोड दिन आवश्यक रहेको बताए । 

Advertisement

Advertisement