सुन तोलामा ५००  रुपियाँले बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

Advertisement

काठमाडौं । आइतबार स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । 

सुनको मूल्य तोलामा ५०० रुपियाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

Advertisement

यस दिन छापावाल सुन प्रतितोला एक लाख १८ हजार ५०० रुपियाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन प्रतितोला सुनको भाउ एक लाख १८ हजार रुपियाँ रहेको थियो । 

त्यस्तै, तेजाबी सुन तोलामा एक लाख १७ हजार ९५० रुपियाँमा कारोबार भइरहेको छ । 

त्यस्तै, चाँदी भने तोलामा पाँच रुपियाँले बढेर एक हजार ४०० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Advertisement

Advertisement