नेपाली जनताले गणतन्त्र नै खोजेका हुन्ः सापकोटा

Advertisement

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का प्रवक्ता तथा पूर्वसभामुख अग्नि सापकोटाले नेपाली जनताले गणतन्त्रको विकल्प नखोजेको दावी गरेका छन्  । संघीय गणतन्त्रको विरोधमा चर्को आवाज उठिरहेको बेला उनले गणतन्त्र नै जनताले खोजेको दावी गरेका छन् । 

आईतवार आफ्नो पार्टी कार्यालय पेरिसडाँडामा सापकोटाले विश्वकै लागि मोडेलको रुपमा रहेको संघीयता, गणतन्त्र र धर्म निरपेक्षताको विकल्प नेपाली जनताले नखोजेको दाबी गरे । त्यसलाई अझ बढी उन्नत ढंगले अघि बढाउनुपर्ने उनको तर्क छ । 

Advertisement

सापकोटाले सामाजिक न्यायसहितको सुशासन र समृद्धि नेपाली जनताको अहिलेको अपेक्षा रहेको उल्लेख गर्दै सोहीअनुसार अघि बढ्न परिवर्तनका पक्षधर राजनीतिक शक्तिहरु एक ठाउँमा आउनुपर्ने बताए । उनले संघीय गणतन्त्रलाई धुमिल बनाउने कुनैपनि दुश्प्रयासहरु सफल नहुने बताए ।

उनले भने, ‘धेरै ठूलो कुर्वानी गरेर हामीले गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता अनि त्यस्तै गरेर समानुपातिक समावेशी सिद्धान्त, जो ल्याएका छौ, यो धेरै ठूलो कुरो छ । धेरै महत्वपूर्ण कुरा छ । यो नेपाल राष्ट्रका लागि मात्रै नभईकन विश्वकै लागि एउटा मोडेल छ । यसलाई धुमिल पार्नका लागि, यसलाई ओझेलमा पार्नका लागि पछाडि फर्काउन दुष्प्रयासहरु भइरहेका छन ।’ 

प्रवक्ता सापकोटाले मुलुकलाई अग्रगामी बाटोमा अघि बढाउन अग्रमगनका पक्षधर शक्तिहरुबीच सहकार्यका साथ अघि बढ्नुको विकल्प नरहेको बताए । 

Advertisement

Advertisement