गोर्खा भर्तीको समस्या चाँडै समाधान हुने दावी

ईपीजी प्रतिवेदन भारतले नबुझे नेपालले बुझ्ने प्रम दाहालको संकेत

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल—भारत प्रवुद्ध समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदन संयुक्त रुपमा नबुझे नेपालले निर्णय लिनुपर्ने अवस्था आउने बताएका छन् । 

बुधवार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा उनले नेपाल—भारत प्रवुद्ध समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदन सहमतिमै बुझ्नेगरी आन्तरिक गृहकार्य चलिरहेको बताए । 

Advertisement

दुवै देशको सहमतीमा प्रतिवेदन बुझ्ने अवस्था नभए नेपालले आफ्नो निर्णय गर्ने बताउँदै दाहालले गोर्खा भर्तीको समस्या समाधानका लागि ब्रिटिश सरकारसँग कुराकानी भइरहेको बताए । उनले समस्या समाधानको अन्तिम चरणमा रहेको पनि बताए । 

प्रम दाहालले भने, ‘लामो समयदेखि नेपाली गोरखाहरुले आन्दोलन गरिराखेको छ । गोर्खाली प्रतिनिधि र ब्रिटिश सरकारका बीचमा वार्ता र संवाद पनि भइराखेको छ र नेपाल सरकार र ब्रिटिश सरकारका बीचमा द्विपक्षीय सम्झौताको सन्दर्भ र त्रिपक्षीय सम्झौताको सन्दर्भमा कुराकानी भइ पनि राखेको छ । केही दिन अगाडी मात्रै ब्रिटिशबाट आएका एकजना माननीय मन्त्रीले यो समस्या समाधानको अन्तिम चरणमा छ भनेर भन्नुभएको छ र हामीले जतिसके छिटो यो समस्याको समाधान हुनुप¥यो भनेका छौँ ।’

Advertisement

Advertisement