सिप्रदी अटोपार्टसद्धारा सञ्चालित टाटा गुरु फिट एण्ड हिट डबल धमाका अझै एक महिना जारी

Advertisement

काठमाडौं । टाटा जेन्युइन पाट्र्सको नेपालको लागि एकमात्र आधिकारिक वितरक सिप्रदी अटो पाट्र्स प्राइभेट लिमिटेडले आफ्ना टाटा गुरुहरुका लागि फिट एण्ड हिट डबल धमाका कार्यक्रम यही वर्षको जनवरी महिना देखी सञ्चालनमा ल्याएको छ । 

१ जनवरी २०२४ मा सुरु भएको यो कार्यक्रमको पहिलो महिनामा टाटाका जेन्युइन ब्रेक लाइनिङ्ग, क्लच प्रेशर प्लेट, र ड्युराफिटका केहि सामानहरुमा टाटा गुरुहरुले प्राप्त गर्दै आएको प्वाइन्ट डबल गरिएको थियो  ।  

Advertisement

उक्त कार्यक्रममा सिमित पार्टसहरुमा मात्र अफर प्रदान गरिएकोमा यही १ फब्रुुअरी २०२४ देखी ३१ मार्च २०२४ सम्मको लागि सबै टाटा जेन्युइन पार्टस, टाटा मोटर्स जेन्युइन आयल र ड्युराफिट पार्टसहरुमा लागु गरिएको छ । टाटा गुरुहरुले आफुले प्राप्त गर्ने प्वाईन्ट डवल हुने हुँदा प्राप्त प्वाईन्टहरु जम्मा पारी छिटै आफुलाई आवश्यक सामानहरु लिन सक्नेछन । अब यस कार्यक्रमको अन्तिम महिनामा धेरै भन्दा धेरै टाटा गुरुहरु सहभागी भई भरपुर फाइदा उठाउँन हुन कम्पनीले अनुरोध गरेको छ । 

यस कार्यक्रमको मुख्य उद्देश्य भनेको ग्राहक सेवालाई सरल र सर्वसुलभ बनाउनु हो । साथै टाटा गाडीहरुका लागि नै बनाईएका जेन्युईन पार्टसहरु टाटा गुरुहरु मार्फत प्रयोग गर्दा गाडीको आयु र कार्यक्षमता बढ्दछ र बारम्बार पार्टस परिवर्तत गर्नुपर्ने झञ्झट हँुदैन । जेन्युइन पार्टस्को प्रयोगले अन्य पार्टसको प्रयोगबाट हुनसक्ने सम्भावित क्षती न्युनिकरण गर्न समेत मद्दत गर्दछ । 

टाटा गुरुहरु मार्फत ग्राहकवर्ग माझ सहज तथा सर्वसुलभ रुपमा टाटाका जेन्युइन पार्टस्हरु उपलब्ध गराउनका लागि यस कार्यक्रम प्रभावकारी हुने कम्पनीले जनाएको छ ।
 

Advertisement