स्टार र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको साधारण सभाबाट आईपीओ निष्काशनको प्रस्ताव पारित

Advertisement

काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी र प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा सम्पन्न भएको छ । दुबै कम्पनीको साधारण सभाबाट आईपीओ निष्काशनको प्रस्ताव पारित भएको छ ।  

यसैक्रममा स्टार माइक्रो इन्स्योरेन्स कम्पनीको प्रथम वार्षिक साधारणसभा काठमाडौंको दरबारमार्गस्थित कम्पनीको प्रादेशिक कार्यालयमा सम्पन्न भएको हो ।

Advertisement

सभाले सर्वसाधारणमा शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गरेको छ । सभामा प्रस्तुत आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन छलफलसहित पारित भएको छ । 

यसैबीच प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा केन्द्रीय कार्यालय धनगढीमा सम्पन्न भएको छ । सभामा प्रस्तुत आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन  छलफलसहित पारित भएको छ । 

उक्त साधारण सभाले आईपीओ जारी गर्ने सम्बन्धमा आवश्यक कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको छ । 

Advertisement

Advertisement