प्रतिपक्ष (कांग्रेस)ले निहुँ खोजिरहने हो भने शान्ति प्रक्रिया नटुंगिने प्रधानमन्त्री दाहालको चेतावनी

Advertisement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले वर्तमान सत्ता गठबन्धन नेपाली काँग्रेसको विश्वासघातको जगमा खडा भएको जिकिर गरेका छन् । 

बुधवारको प्रतिनिधि सभाको बैठकमा उनले आफ्नो आलोचना गर्नेहप्रति लक्षित गर्दै उनले आफूले सत्ताच्युत हुँदै कहिल्यै शोक गीत गाउँदै नहिँडेको तर कांग्रेस हिँडेको बताए । दाहालले आफूले विगतमा पनि देश संकटमा रहँदा प्रतिपक्ष नभई सरकारकै सहयोगमा लागेको बताए । 

Advertisement

उनले भने, ‘मैले अहिले प्राप्त गरेको प्रधानमन्त्री नेपाली काँग्रेसको विश्वासघातको जगमा खडा भएको छ । आज मलाई आलोचना गरिरहने साथीहरुलाई सोध्न चाहन्छु, मैले कहिले शोक गीत त गाउँदै हिँडिन । मैले कहिल्यै त्यस्तो आरोप लगाइन । म अहिले यो पनि सम्झिरहेको छु, त्यो बेला सुशील कोईराला प्रधानमन्त्री हुनुहुन्थ्यो, म प्रतिपक्ष दलको नेता थिएँ । देशभा भूकम्प गयो, ठूलो जनधनको क्षति भयो, म प्रतिपक्ष छैन, अब म नेपाली जनताको पक्षमा छु भनेको थिएँ । मैले बरु राष्ट्रिय सहमतिको आधार तयार पार्न समेत काम गरेको थिएँ ।’

प्रधानमन्त्री दाहालले आफूले अहिले पनि राष्ट्रिय सहमतिको आधार तयार पार्ने काम गरेको बताए । प्रतिपक्षले निहुँ खोजिरहने हो भने शान्ति प्रक्रियाका बाँकी काम कहिल्यै नटुंगिने उनको भनाई छ । 

दाहालले शान्ति प्रक्रियाका बाँकी काम सबै राजनीतिक दलको सहमतिमा टुंग्याउन आवश्यक रहेको बताए । विश्वासको मत माग्दै उनले प्रतिपक्षमा बस्नेले निहँ खोज्दै जाने हो भने शान्ति प्रक्रियाका काम कहिल्यै नटुंगिने बताए । 

काँग्रेस शान्ति प्रक्रियालाई र शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन उत्तिकै आवश्यक कडी बन्नुपर्ने दाहालले बताए । उनले सहमतिमा टुंग्याऔँ भन्ने कुरामा विमति नहुने तर सहमतिमा टुंगो लगाउन नसकिएको बताए । उनले अब नेपाली काँग्रेसले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन विमति गर्नु नहुने बताए । 

दाहालले भने, ‘माननीय रमेश लेखकज्युले भन्नुभएको छ, अब शान्ति प्रक्रिया के हुन्छ ? हिजो शान्ति प्रक्रिया टुंग्याउन कसले बाधा पुर्यायो जवाफ दिनुपर्छ भन्नुभएको छ । जवाफ तपाइँहरुलाई राम्रोसँग थाहा नै छ । जो प्रतिपक्षमा बस्यो, उसैले निहुँ खोज्ने भए कहिल्यै टुंगिँदैन । तर नेपाली काँग्रेस शान्ति प्रक्रियालाई र शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन उत्तिकै आवश्यकता बन्नुपर्छ । यसलाई सहमतिमा टुंग्याऔँ भन्ने कुरामा हाम्रो कहिल्यै विमति भएन, तर टुंगिँदा पनि टुँगिएन । अब नेपाली काँग्रेसले त्यही बाटो नलिओस् भन्ने मेरो चाहना हो । अब सहमतिले यसलाई टुँग्याऔँ ।’

प्रधानमन्त्री दाहालले राजनीतिक अस्थिरताले सिर्जना गरेको सामाजिक अराजकता, आक्रोशलाई परिवर्तन ल्याउन सरकारले विश्वासको मत दिन आवश्यक रहेको बताए । 

Advertisement