हाथवे इन्भेस्टमेन्टको ‘लक इन’ अवधि आजसम्म मात्रै, यो महिना अरू कुन-कुनको सकिँदैछ ?

Advertisement

काठमाडौं । हाथवे इन्भेस्टमेन्ट नेपाल लिमिटेडको ‘लक इन’ अवधि आज (चैत १ गते) सकिँदैछ । कम्पनीको ३६ हजार ५१२ कित्ता शेयरको ‘लक इन’ अवधि आजपश्चात समाप्त हुन लागेको हो ।

त्यसैगरी, यसै महिनामा अन्य सिंगटी हाइड्रो इनर्जी, सूर्यज्योति लाइफ इन्स्योरेन्स र सोनापुर मिनरल्स एन्ड आयलको ‘लक इन’ अवधि सकिँदैछ । 

Advertisement

सिंगटी हाइड्रोको एक करोड एक लाख ५० हजार कित्ता संस्थापक शेयर, आयोजना प्रभावित क्षेत्रका बासिन्दाको १४ लाख ५० हजार कित्ता र कम्पनीका कर्मचारीहरुको ५८ हजार कित्ता शेयर ‘लक इन’ चैत २६ गते सकिँदैछ । 

त्यसैगरी, सूर्यज्योतिको एक करोड ४२ लाख ६६ हजार ३२३.५० कित्ता शेयर ‘लक इन’  अवधि चैत २६ मा सकिँदैछ भने सोनापुर मिनरल्सको  ‘लक इन’ अवधि चैत २३ गते सकिनेछ । 

‘लक इन’ अवधि समाप्त भएपछि यी कम्पनीहरुको सो शेयर दोस्रो बजारमा कारोबार गर्न योग्य हुनेछ।

Advertisement

Advertisement