शेयर बजारमा दोहोरो अंकको गिरावट, अपर तामाकोशीकै ५० करोडको कारोबार

Advertisement

काठमाडौं । साताको अन्तिम दिन आज शेयर बजारले ओरालो झरेर बिश्राम लिएको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २७.८४ अंकले घटेको हो । १.३२ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०८०.८७ अंकमा झरेको छ ।

Advertisement

आज ३०३ कम्पनीका १ करोड १४ लाख ८३ हजार ६ सय १७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९४ करोड ३५ लाख ९२ हजार ३ सय ३.१३ रुपियाँ बराबरको कारोबार भएको छ ।

समग्रमा बजार घटे पनि वीन नेपाल लघुवित्त, मानुषि लघुवित्त र गुराँस लघु वित्तका लगानीकर्ताहरुले क्रमशः १०, १० र ९.९२ प्रतिशतले नाफा कमाएका छन् ।

त्यस्तै स्वाभिमान लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.०२ प्रतिशतले घाटा व्यहोरेका छन् ।

आज अपर तामाकोशी हाइड्रोको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ५० करोड ८९ लाख ८ हजार ९९.६० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।  

साताको पहिलो दिन आइतबार २२.१० अंकले बजार उचालिंदा २ अर्ब ९२ करोड २७ लाख ७१ हजार ५ सय ५८.९१ रुपियाँ, मंगलबार ५८.५८ अंकले बजार बढ्दा ४ अर्ब ५५ करोड १६ लाख ३२ हजार ३ सय ४७.८२ रुपियाँ र हिजो बुधबार २.४८ अंकले बजार घट्दा ४ अर्ब २४ करोड ८५ लाख २३ हजार ३ सय ३२.२२ रुपियाँ बराबरको कारोबार भएको थियो । सोमबार भने सार्वजनिक बिदाका कारण बजार बन्द रहेको थियो । 
 
 

Advertisement

Advertisement