ग्रीन डेभलपमेन्ट बैंकले लाभांश पारित गर्न डाक्यो साधारणसभा, बुकक्लोज कहिले ?

Advertisement

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकले साधारणसभा बोलाएको छ । बैंकले दुई आर्थिक वर्ष २०७८/०७९ र २०७९/०८० को वार्षिक साधारणसभा चैत २७ गते गर्ने भएको हो । सभा मेजेस्टिक लेक फ्रन्ट एन्ड सुइट पोखरा, कास्कीमा बिहान ११ बजे सुरु हुनेछ 

सभामा सेयरधनीलाई ३.८५ बोनस शेयर र कर प्रयोजनका लागि ०.२०५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ । 

Advertisement

त्यस्तै, सभाले दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफानोक्सान हिसाब, नगद प्रवाहलगायतका विषयमाथि छलफल गरी पारित गर्नेछ । साथै, सोही सभाबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न सर्वसाधारण समूहबाट दुई जना सञ्चालकको नियुक्ति अनुमोदन गर्ने र संस्थापक समूहबाट तीन जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव छ । 

त्यसैगरी, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नका लागि त्यसको सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पेस पनि सभामा हुनेछ । 

सभा प्रयोजनार्थ बैंकले चैत ९ गते बुक क्लोज गर्नेछ । तसर्थ, चैत ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनी सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । 

Advertisement

Advertisement