शेयर बजार दोहोरो अंकले घट्यो, ३ अर्ब ३८ करोडको कारोबार

Advertisement

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । बजार तल झरेसँग कारोबार रकम पनि सवा ३ अर्बमा खुम्चिएको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १०.६२ अंकले घटेको हो । ०.५१ प्रतिशतले बजार घट्दा नेप्से २०७०.२५ अंकमा झरेको छ । 

Advertisement

आज ३०४ कम्पनीका ८४ लाख ६ हजार ७६ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३८ करोड ७९ लाख ८० हजार ३ सय ८४.३३ रुपियाँ बराबरको कारोबार भएको छ । 

समग्रमा बजार घटे पनि सप्तकोशी डेभलपमेन्ट बैंक र गुराँस लघुवित्त र मानुषी लघुवित्त वित्तीयका लगानीकर्ताहरुले क्रमशः १०, ९.५६ र ८.७५ प्रतिशतले नाफा कमाएका छन् । 

त्यस्तै वीन नेपाल लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ७.८३ प्रतिशतले घाटा व्यहोरको छन् ।

शिवम् सिमेन्ट लिमिटेडको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ४१ करोड ६४ लाख १७ हजार ६ सय ८०.१० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।   
 

Advertisement

Advertisement