शेयर बजारमा झिनो सुधारः दुई अर्ब ८८ करोडको कारोबार, पाँच कम्पनीमा पोजेटिभ सर्किट

Advertisement

काठमाडौं । शेयर बजारमा झिनो अंकको सुधार देखिए पनि आज कारोबार रकम भने तीन अर्ब पनि पुगेन ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३.२७ प्रतिशतले उचालिएको हो । ०.१५ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०७३.५३ अंकमा पुगेको हो । 

Advertisement

आज ३०३ कम्पनीका ७४ लाख ५९ हजार ४ सय २४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८८ करोड ५६ लाख ३७ हजार ८ सय १८.९१ रुपियाँ बराबरको कारोबार भएको हो ।

समग्रमा बजारमा झिनो सुधार देखिए पनि विभिन्न ५ कम्पनीमा पोजेटिभ सर्किट लागेको छ । गोर्खाज फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, पिपुल्स पावर र धौगागिरी लघुवित्तका लगानीकर्ताहरुले १०–१० प्रतिशतले नाफा कमाउँदा पिपुल्स हाइड्रोका लगानीकर्ताहरुले ९.९९ प्रतिशतले कमाए । 

त्यस्तै मानुषी लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ५.१५ प्रतिशतले घाटा व्यहोरे । 

आज गोर्खाज फाइनान्सको उच्च कारोबार भयो । उक्त कम्पनीको २३ करोड १४ लाख ५८ हजार ७७.६० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।  

साताको पहिलो दिन हिजो आइतबार शेयर बजार १०.६२ अंकले घट्दा ३ अर्ब ३८ करोड ७९ लाख ८० हजार ३ सय ८४.३३ रुपियाँ बराबरको कारोबार भएको थियो । 
 

Advertisement

Advertisement