फागु पूर्णिमामा बालेनले गाए र्याप गीत

Advertisement

काठमाडौं । काठमाडौं महनागरपालिकाका मेयर बालेन शाहले फागु पूर्णिमा (होली पर्व)मा आइतबार र्याप गीत गाएका छन् । 

दरबारमार्गमा आयोजित कार्यक्रममा उनले छोटो र्याप गाएर बाहिरिएका थिए । स्थानीय क्लबहरूको आयोजनामा भएको कार्यक्रममा बालेन सहभागी भएका थिए । सहभागीले र्‍याप गाउन पटक पटक आग्रह गरेपछि उनी गाउन बाध्य भएका हुन् । कार्यक्रममा विभिन्न कलाकारहरु पनि सहभागी भएका थिए । 

Advertisement

बालेनले ढुक्कसँग बेलुकीसम्म होली मनाउन पनि सहभागीलाई आग्रह गरेका थिए । समर्थकहरुले उनी हाउँदा समर्थनमा हुटिङ गरेका थिए । 

Advertisement

Advertisement