‘आइएमई पे’ को अफरः अन्तर्राष्ट्रिय हवाई टिकट खरिदमा शत प्रतिशत क्यास ब्याक पाइने !

Advertisement

काठमाडौँ । डिजिटल वालेट आइएमई पे ले अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्ने ग्राहकहरुलाई लक्षित गरी 'जेट सेट रिवार्ड' नामक अफर ल्याएको छ । यो  अफर अन्तर्गत आइएमई पे एप मार्फत  अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्दा हवाई टिकटमा १०० प्रतिशत क्यास ब्याक साथै अन्य पुरस्कारहरू पनि  जित्ने मौका पाउनेछन् ।

चैत ६ देखि जेठ मसान्तसम्म तीन महिना चल्ने सो अफरका ३ जना  भाग्यशाली विजेताको नाम आइएमई पे को सामाजिक सन्जालमा सार्वजनिक गरिने छ ।  यसमा  पहिलो भाग्यशाली विजेताले आफ्नो हवाई टिकट खरिद गरेको रकमको  १०० प्रतिशत क्यास ब्याक पाउने छन् ।  दोस्रो  विजेताले द लेकसाइड रिट्रिट– पोखराको प्याकेज जित्न सक्नेछन् भने तेश्रो विजेताले चन्द्रागिरी हिल्स रिजोर्टको प्याकेज जित्ने मौका पाउने छन् । 
  
यसको साथै आइएमई पे मार्फत टिकट खरिद गर्ने ग्राहकहरुले  हरेक हवाई टिकटमा उच्चतम रिवार्ड पोइन्ट पनि प्राप्त गर्न सक्ने छन् ।
 

Advertisement

Advertisement