मार्च महिनामा १ लाख २८ हजार पर्यटक भित्रिए, कुन देशबाट कति ?

Advertisement

काठमाडौं । मार्च महिनामा हवाई मार्ग हुँदै एक लाख २८ हजार १ सय ६७ पर्यटक नेपाल भित्रिएका छन् । 

नेपाल पयर्टन बोर्डका अनुसार भारतबाट ३० हजार ६ सय ९८, चीनबाट १२ हजार ९३, अमेरिकाबाट १० हजार सात सय ६३, बेलायतबाट सात हजार दुई सय ४१, श्रीलङ्काबाट पाँच हजार सात सय ४१ जमर्नीबाट पाँच हजार दुई सय ५५, थाइल्यान्डबाट चार हजार पाँच सय ६७, अष्ट्रेलियाबाट चार हजार तीन सय ४५, फ्रान्सबाट तीन हजार दुई सय ४० र म्यानमारबाट तीन हजार एक सय ३१ जना नेपाल आएका हुन् ।

Advertisement

कुन देशबाट कति आए ? 

undefined

Advertisement