शेयर बजारमा झिनो गिरावट, सवा दुई अर्बमै समेटियो कारोबार

Advertisement

काठमाडौं । शेयर बजार आज पनि झिनो अंकले तल झरेको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमटेड (नेप्से) का अनुसार आज बजार १.८५ अंकले तल झरेको हो । ०.०९ प्रतिशतले बजार घट्दा नेप्से २०१०.२१ अंकमा ओर्लिएको छ । 

Advertisement

आज समग्रमा बजार घटे पनि वित्त, लगानी, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड र ट्रेडिङ समूह बढेका छन् भने बाँकी रामाम्मे भए । 
३१२ कम्पनीका ६१ लाख ३१  हजार ६ सय २१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब २९ करोड १६ लाख ४५ हजार ५ सय ८५.४९ रुपियाँ बराबरको कारोबार भयो । 

गुराँस लघुवित्त, गणपति लघुवित्त, उपकार लघुवित्त, वीन नेपाल लघुवित्त र स्वाभिमान लघुवित्तका लगानीकर्ताहरुले क्रमशः १०, ९.९५, ८.६४, ६.९४ र ६.५० प्रतिशतले नाफा कमाएका छन् । 

त्यस्तै ज्योति विकास बैंकको बण्डका लगानकिर्ताहरुले सबैभन्दा बढी ७.५० प्रतिशतले घाटा व्यहोरेका छन् ।  

गोर्खाज फाइनान्सको आज उच्च कारोबार भयो । उक्त कम्पनीको १४ करोड ९८ लाख ८४ हजार ९ सय १.३० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन आइतबार बजार १७.३० अंकले घट्दा ३ अर्ब २० करोड ५३ लाख ३२ हजार ३ सय २४.७६ रुपियाँ र हिजो सोमबार ६.२६ अंकले बजार घट्दा २ अर्ब ८७ करोड ४७ लाख ५४ हजार ३ सय ५.७५ रुपियाँ बराबरको कारोबार भएको थियो । 

 

Advertisement

Advertisement