लगानी सम्मेलनअघि नै कानुनहरु सुधार गराउन हामी लागेका छौंः अध्यक्ष ढकाल

Advertisement

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले लगानी सम्मेलनलाई लक्षित गरेर केही ऐन नियमन संशोधन गर्नुपर्छ भनेर निजी क्षेत्रका तर्फबाट लागिरहेको बताएका छन् । 

कर्पोरेट नेपालको दशौं बार्षिकोत्सवमा बुधबार साँझ उनले लगानीका बाधक कुराहरु संशोधन गर्नुपर्छ भनेर आफूहरुले तिन महले मुख्यसचिवलाई बुझाएको बताए । 

Advertisement

ढकालले यदि लगानी सम्मेलनअघि नै ‘फास्ट ट्राक’बाट लगानीका बाधक ऐन नियम संशोधन हुनसक्यो भने राम्रो सन्देश लगानीकर्तामा जाने बताए । उनले संसदमा पेश भएको नयाँ बाफियाको मस्यौदामा भएको व्यवस्थाअनुसार एक प्रतिशतभन्दा बढी शेयर रहेका संस्थापक शेयरधनीहरुका सम्वन्धमा रहेको व्यवस्था कार्यान्वयन गर्न समय चाहिने बताए । 

अध्यक्ष ढकालले अहिले विषम आर्थिक अवस्थाले गर्दा निजी क्षेत्रको मनोबल खस्किएको बताए । अहिले रेमिटान्स निकै बढेको, विदेशी मुद्राको संचिति उच्च रहेको, बैंकमा सबैभन्दा धेरै तरलता रहेको, बैंकको ब्याजदर चर्को भएकाले लगानी हुन सकेन भन्ने अवस्था पनि अहिले नरहेको, बैंकको बैंकको ब्याजदर करिव एकल अंकमा आइसकेको, पर्यटक आगमन पनि राम्रो रहेको तर जनतामा ‘कन्फिडेन्स’ भने बढ्न नसकेको बताए । 

काम गराएपछि सरकारले पैसा दिन्छ भन्ने विश्वास हुन नसकेको ढकालले बताए । उनले सरकारले निर्माण व्यवसायीलाई भुक्तानी गर्नुपर्ने रकम भुक्तानी नगर्दा, पुँजीगत खर्च बढ्न नसक्दा पनि जनतामा ‘कन्फिडेन्स’ बढ्न नसकेको बताए । ‘पव्लिक कन्फिडेन्स’ बढाउन लचक भएर सरकार जाने हो भने अहिलेको अवस्थामा सुधार आउने ढकालको विश्वास छ । 

Advertisement