कुमारी बैंकको संस्थापक शेयर बिक्री खुला

Advertisement

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।

बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको ४ हजार ४४ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको जनाएको छ । शेयरको बिक्री मूल्य भने बिक्रेताले तोकेबमोजिम हुनेछ ।

Advertisement

हाल यो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । 

शेयर खरिदका लागि आजका मितिले ३५ दिनभित्र काठमाडौं नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ ।

तोकिएको समयभित्र खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई शेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

Advertisement

Advertisement