यूनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?

Advertisement

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा राखेको छ ।

कम्पनीले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको १६ हजार ६५९ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । 

Advertisement

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २०५ रुपियाँ तोकिएको कम्पनीले जनाएको छ । 

हाल यो शेयर खरिदका लागि विद्यमान संस्थापक शेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । 
शेयर खरिदका लागि आजको मितिले ३५ दिनभित्र काठमाडौं सुन्धारामा रहेको कम्पनीको प्रधान कार्यालयमा आइपुग्ने गरी आवेदन दिनुपर्नेछ ।

तोकिएको समयभित्र खरिद आवेदन नपरेमा सर्वसाधारणका लागि खुला गरिने बताइएको छ । 

Advertisement

Advertisement