बीमा र लघुवित्त कम्पनीको १ करोड ११ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १ करोड ११ लाख ४७ हजार ५ सय ५५.९४१ कित्ता बोनस शेयर सूचीकृत भएको छ । 

यसैक्रममा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले शेयरधनीहरुलाई प्रदान गरेको १६ प्रतिशत बोनस बापतको ६४ लाख कित्ता शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ । 

Advertisement

त्यस्तै सानाकिसान विकास लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई प्रदान गरेको १४.२५ प्रतिशत बोनस बापतको ४७ लाख ४७ हजार ५ सय ५५.९४१ कित्ता शेयर पनि आजै नेप्सेमा सूचीकृत भएको छ ।  
 

Advertisement

Advertisement