अर्धवार्षिक समीक्षा गर्दा १० प्रतिशत बजेट र राजश्व घटाउनुपर्ने गरी बजेट ल्याउनु हुँदैनः खतिवडा

Advertisement

काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले अर्धवार्षिक समिक्षामा १० प्रतिशत बजेट र राजश्व घटाउनुपर्ने बजेट नल्याउन अर्थमन्त्री वर्षमान पुनलाई सुझाव दिएका छन् । 

आईतवार नेपाल व्यवस्थापन संघ (म्यान) ले आयोजना गरेको प्रि बजेट छलफल कार्यक्रममा बोल्दै डा. खतिवडाले यस्तो सुझाव दिएका हुन् । उनले बजेटको साख जोगाउने गरी अनुमानयोग्य र विश्वनीय अनुमान गरी बजेट ल्याउन आवश्यक रहेको बताए । 

Advertisement

पूर्वअर्थमन्त्री खतिवडाले समष्टिगत आर्थिक परिसूचकलाई बढी अनुमान गरी त्यसको आधारमा बजेट नबनाउनु पर्नेमा जोड दिए । उनले यदि त्यो स्थिति आउँछ भने संसदमा पूरक बजेट पेश गरेर मात्रै लागू गर्नुपर्ने बताउ । संसदले पास गरेको विनियोजन ऐन, संसदले पास गरेको बजेटका आधारमा तय भएका राजश्वलाई ठूलो अनुपातमा घटाउँदै जाँदा कानूनको पद्धति,सरकार बजेटको सम्बन्ध र जनताको सामु बजेटको सार गिर्ने बताए । 

बजेटको सार र साँख नगिर्ने गरी यथार्थपरक बजेट निर्माण गर्नुपर्ने उनको सुझाव थियो । उनले बजेट अनुमान गर्दा चालु वर्षको आधारलाई यर्थाथ परक बनाउन नसके गत वर्षकै जस्तो हुने बताए । गत वर्ष राजश्वलाई बजेटको आधार बनाउँदा अहिले अर्थमन्त्रीलाई समस्या भएको बताए । 

उनले बजेटको आधार बलियो बनाउन सकिन भने बजेट पनि ढल्नसक्ने दाबी गर्नुभयो ।

Advertisement

Advertisement