द्वारिका काफ्लेको नेतृत्वमा पीजे क्लबमा नयाँ कार्यसमिति

Advertisement

काठमाडौं । नेपालका विभिन्न सञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरुको छाता संगठन पिजे क्लबको आइतबार सम्पन्न तेह्रौं बार्षिक साधारणसभाले द्धारिका काफ्लेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । 

सभाले आगामी दुई वर्षका लागि काफ्लेकोे अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । काफ्ले राजधानी दैनिकमा कार्यरत छन् । कार्यसमितिको उपाध्यक्षमा कान्तिपुर दैनिकका अंगद ढकाल, महासचिवमा नयाँपत्रिकाका अमुल थापा, सचिवमा गोरखापत्र दैनिकका कबिन अधिकारी, कोषाध्यक्षमा केशव थापा निर्विरोध निर्वाचित भएका छन् । 

Advertisement

यसैगरी, सदस्यहरुमा सन्जोग मानन्धर, निशा भण्डारी, इलिट जोशी, बिजु महर्जन, सरोज बैजु र सन्जित परियार निर्बिरोध चयन भएका छन् । क्लवले फोटो पत्रकारहरुको क्षमता अभिबृद्धि तथा पेशागत हकहितका लागि काम गर्दै आएको छ । 

Advertisement

Advertisement