प्रभु बैंकद्धारा कागबेनी मन्दिर श्राद्घस्थल व्यवस्थापन समितिलाई क्युआर स्ट्याण्ड हस्तान्तरण

Advertisement

काठमाडौं । प्रभु बैंकले नगदरहित भुक्तानी प्रणालीलाई विस्तार गर्ने क्रममा मुस्ताङ्गको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, कागबेनीस्थित कागबेनी मन्दिर श्राद्घस्थल व्यवस्थापन समितिलाई क्युआर स्ट्याण्ड उपलब्ध गराएको छ । 

बहुचर्चित धार्मिकस्थल कागबेनीमा बिशेषगरी बडादसैँ र चैतेदसैँ अघिको सोह्रश्राद्घ तथा औँसी तिथिमा दिवंगत आफन्तहरुको नाममा पिण्डदान र तर्पणका लागि लोकप्रिय छ । यहाँ वर्षेनी नेपाल र भारतबाट करिब ११ हजार जनाभन्दा बढी भक्तजनको आवागमन हुने गर्दछ । पिण्ड दान गर्दा दिवंगत भएकाहरुले मुक्ति पाउने धार्मिक विश्वास छ । 

Advertisement

हिमालपारिको जिल्लाको रुपमा परिचित मुस्ताङ्गको विभिन्न गाउँपालिकाहरुमा सात वटा मात्र शाखा कार्यालयमार्फत सम्पूर्ण बैँकिङ सेवा उपलब्ध गराइरहेको प्रभु बैँकले मुस्ताङको वित्तिय पहुँचका लागि सारथी बन्ने गरेको बताएको छ । 

मुस्ताङको समुन्नत आर्थिक विकास तथा समृद्धिका लागि प्रभु बैँकले वित्तिय सेवा मात्र नभएर वित्तीय सचेतना तथा समाजिक उत्तरदायित्व निर्वाहमा समेत विशेष ध्यान दिएको प्रभु बैँकको गण्डकी कार्यालयले जनाएको छ । कागबेनीमा भक्तजनहरुको सहजीकरणका तथा सुबिधाका लागि एक समारोहका बिच क्युआर स्ट्याण्ड उपलब्ध गराएको बैंकले विज्ञप्तिमा उल्लेख गरेको छ । 

प्रभु बैंकका नेपालभर ३०१ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टरमार्पmत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई बैंकिङ सेवा दिँदै आएको छ । ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी सेवा दिँदै आएको छ । 
 

Advertisement

Advertisement