पर्यटन प्रवर्द्धनमा लक्षित सिद्धार्थ बैंकद्वारा क्यालेन्डर जारी

Advertisement

काठमाडौं । सिद्घार्थ बैंक लिमिटेडले नेपालको पर्यटनमा सहयोग पुर्याउने उद्देश्यका साथ वि.सं २०८१ सालको नयाँ बर्षको क्यालेन्डर जारी गरेको छ । 

क्यालेन्डरको मुख्य विषय वस्तु ‘नेपालको कम परिचित पर्यटकीय गन्तव्यहरुको प्रवर्द्धन’ कोसाथैसोगन्तव्यहरुमा जिम्मेवारपूर्वक अन्वेषण गर्नु रहेको छ ।

Advertisement

बैंकले यस क्यालेन्डरको माध्यमबाट नेपालको सातै प्रदेशमा अवस्थित कम परिचित तर आकर्षक पर्यटकीय स्थलहरुको प्रवर्द्धन गर्ने प्रयास गरेको छ । 

क्यालेन्डरमा सोलुखुम्ब जिल्लामा अवस्थित दुधकुण्ड, पर्सा जिल्लामा अवस्थित घडिअर्वा पोखरी, दोलखा जिल्लामा अवस्थित सैलुङ्ग र छोरोल्पा ताल, सिन्धुपाल्चोक जिल्लामा अवस्थित पाँच पोखरी, लम्जुङ्ग जिल्लामा अवस्थित भुजुङ्ग गाउँ, मनाङ्ग जिल्लामा अवस्थित नार फु उपत्यका, पूर्वी रुकुम जिल्लामा अवस्थित टकसेरा गाउँ, सल्यान जिल्लामा अवस्थित कुपिन्डे ताल, डोल्पा जिल्लामा अवस्थित अपर डोल्पा, बाजुरा जिल्लामा अवस्थित बडिमालिका र कन्चनपुर जिल्लामा अवस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जस्ता मनमोहक पर्यटकीय गन्तव्यहरु समावेश गरिएकोछ, जसले नेपालको प्राकृतिक र पुरातात्वीक सौन्दर्यतालाई उजागर गर्दछ । 

बैंककोयस प्रयासलेआन्तरिक तथा विदेशी पर्यटकहरुलाई नेपालका अति आकर्षक तर कम पहिचानमा रहेका पर्यटकीय गन्तव्यहरुको भ्रमण गरी पृथक अनुभव प्राप्त गर्न उत्प्रेरित गर्नुका साथै नेपालको पर्यटन उद्योगको प्रवर्द्धनमा सहयोग पुर्याउने बैंकले विश्वास लिएको छ ।

Advertisement