ह्योल्मो सोसाइटी अफ क्यानाडाले २५६८औं बुद्ध जयन्ती मनाउने

Advertisement

काठमाडौं । २५६८औं बुद्ध जयन्ती क्यानाडास्थित ह्योल्मो सोसाइटी अफ क्यानाडाले डन्डास स्क्वायरमा भव्य कार्यक्रम गरी मनाउने भएको छ । 

ह्योल्मो सोसाइटी अफ क्यानाडाका पूर्व अध्यक्ष तथा कार्यक्रमका समयोजक केशाङ लामा ह्योल्मोका अनुसार आगामी मे महिनाको २५ तारिखका दिन २५६८ औं बुद्ध जयन्ती मनाउन लागिएको हो । 

Advertisement

उक्त दिन डन्डास स्क्वायरको स्क्रिनमा क्यानाडामा रहेका नेपालीहरुको प्रतिनिधित्व गर्दै गौतम बुद्धको फोटो देखाउने र डन्डास स्क्वायरको स्क्रिन अगाडि बुद्धको मुर्ति राखिने छ । बुद्धको जन्म नेपालमा भएको भनेर सन्देश दिने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गर्न लागेको उनले जानकारी दिए । 

उनले भने, ‘नेपालको हिमालयन संस्कृतिलाई प्रतिबिम्बित गर्न, नेपालको संस्कृति झल्किने जस्तै बा छ्याम ह्योल्मो श्याबु विश्वको सामु देखाउने र मुख्य उद्देश्य भनेको विश्वमा शान्ति होस्, रोगहरु नलागोस्, सम्पूर्ण जगतका प्राणीहरुलाई राम्रो होस् भनेर बा छ्याम, साँझमा छुटाई अनुष्ठान गछौं, छोक फुल कार्यक्रम राखेका छौं ।’

Advertisement

Advertisement