राष्ट्रिय बीमा कम्पनीको सीईओका लागि ४ जना शर्ट लिस्टमा, को-को परे ?

Advertisement

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनौट लागि ४ जनालाई शर्ट लिष्टिङ्ग गरिएको छ । कम्पनीको पदपुर्ति उपसमितिको शुक्रबार बसेको बैठकले नारायणकुमार भट्टराई, डा. शिवहरी श्रेष्ठ, सुरेन्द्र थापा र सुवास कोईरलाको नाम सीईओको लागि शर्ट लिस्ट गरेको हो ।

कम्पनीले शुक्रबार नै शर्ट लिस्टमा परेका उमेदवारहरुको नाम सार्वजनिक गरेको छ । अब उनीहरु मध्येबाट कुनै एक जनालाई कम्पनीको सीईओ नियुक्ती गरिनेछ । व्यवसायीक योजनाको प्रस्तुीतकरण र अन्तरवार्ताको आधारमा सीईओ छनोट गरिने बताइएको छ । 

Advertisement

उम्मेदवारहरुको व्यवसायीक योजनाको प्रस्तुतीकरण आगामी बैशाख १२ गते बिहान ७ः३० बजेदेखि सुरु हुने प्रकाशित सुचनामा उल्लेख छ । अन्तरवार्ता भने आगामी बैशाख १३ गते बिहान ७ः३० बजेटबाट सुरु हुने कम्पनीको सुचनामा उल्लेख छ । 

कम्पनीले सीईओ पदपुर्तिका लागि गत माघ २४ गते दरखास्त आह्वान गरेको थियो । त्यसमा ९ जनाले आवेदन दिएका थिए । त्यसमा प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति सम्बन्धी कार्यविधि, २०८० अन्तरगत शैक्षिक योग्यता, कार्य अनुभव र व्यवसायिक कार्य योजनाको आधारमा ४ जना उम्मेदवारलाई प्रस्तुतीकरण र अन्तरवार्ताको लागि छनोट गरिएको कम्पनीको भनाइ छ । 
 

Advertisement

Advertisement