कित्ताकाट खुकुलो बनाए पनि घरजग्गाको कारोबार खासै बढेन, राजश्वमा सामान्य वृद्धि

Advertisement

काठमाडौं । चालु आर्थिक बर्ष २०८०–८१ को पहिलो ९ महिनामा देशभर तीन लाख ८० हजार १७३ वटा घरजग्गा कारोबार भएको छ । 

भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले  गत आवको सोही अवधीको तुलनामा १८.३२ प्रतिशतले घरजग्गाको कारोबार बढेको देखाएको छ । गत आवको सोही अवधीमा देशभर तीन लाख २१ हजार ३०७ वटा यस्तो कारोबार भएको थियो । 

Advertisement

लिखित पारितसम्बन्धी तथ्यांकको आधारमा यस्तो देखिएको हो । राजश्व संकलनमा गिरावट आएपछि र व्यसायीहरुले कित्ताकाट खोल्न दबाब दिएपछि यसअघिको नेपाली कांग्रेससहितको पुष्पकमल दाहाल नेतृत्वको सरकारले कित्ताकाट र नामसारीलाई खुकुलो बनाएको थियो । त्यसअघि सरकारले जग्गाको जथाभावी प्लटिङ रोक्न र कृषियोग्य जमिनको संरक्षण गर्न भूमिको वर्गीकरण नगर्दासम्म कित्ताकाट गर्न सीमा तोकेको थियो । 

चैत महिनामा मात्रै देशभर ५० हजार २५२ वटा घरजग्गाको लिखित पारित भएको छ । तथ्यांकअनुसार साउनमा ३९ हजार २६३, भदौमा ३५ हजार ६८६, असोजमा ३९ हजार ८८१, कात्तिकमा २६ हजार ४६,  मंसिरमा ४१ हजार ८५१ र पुसमा ४५ हजार २७५ वटा घरजग्गा कारोबार भएको थियो । 

यसैगरि माघमा ५० हजार ९२१ र फागुनमा ५० हजार ९९८ वटा यस्तो कारोबार भएको देखिन्छ । तथ्यांकअनुसार पछिल्ला महिनाहरुमा घरजग्गा कारोबार स्थिर जस्तो देखिएको छ । 

रु. २९.१९ अर्ब राजश्व संकलन 
तथ्यांकअनुसार सरकारले समीक्षा अवधीमा घरजग्गा सम्बन्धी कारोबारबाट २९ अर्ब १९ करोड ३६ लाख रुपियाँ राजश्व उठाएको छ । यद्यपि, यो गत आवको सोही अवधीको तुलनामा सामान्य कम हो । गत आवको सोही अवधीमा ३० अर्ब दुई करोड रुपियाँ राजश्व संकलन भएको थियो ।

तथ्यांकअनुसार घरजग्गा कारोबारबाट चालु आवको साउन महिनामा दुई अर्ब ९१ करोड, भदौमा तीन अर्ब चार करोड, असोजमा चार अर्ब आठ करोड, कात्तिकमा दुई अर्ब १६ करोड र मंसिरमा दुई अर्ब ८६ करोड रुपियाँ राजश्व उठेको छ । यसैगरि पुसमा तीन अर्ब २० करोड, माघमा तीन अर्ब ३७ करोड, फागुनमा तीन अर्ब ५९ करोड र चैतमा तीन अर्ब ९४ करोड रुपियाँ राजश्व उठेको छ । 

घरजग्गासम्बन्धी कारोबार गर्दा लाग्ने सम्पूर्ण करको शीर्षकबाट यतिका राजश्व उठेको विभागको भनाइ छ । सरकारको आम्दानीमा यस्तो राजश्वको हिस्सा उच्च नै हुने गर्छ । 

विगतमा घरजग्गा कारोबार निकै सुस्ताएको थियो । गत आवमा घरजग्गा कारोबारको संख्या मासिक २५ हजारसम्म झरेको थियो । विशेषगरि, पछिल्लो समय देखिएको आर्थिक शिथिलताले घरजग्गा कारोबार प्रभावित भएको थियो । 

तर, चालु आवमा गत आवको तुलनामा घरजग्गा कारोबार केही बढेको तथ्यांकले देखाएको छ । घरजग्गा कर्जासम्बन्धी नयाँ प्रोडक्ट तथा नीतिगत व्यवस्था, घट्दो ब्याजदर लगायतका कारण पछिल्लो समय यस्तो कारोबार बढेको बताइन्छ । 

यद्यपि, यस्तो कारोबार सामान्य अवस्थामा भने अझै नपुगेको व्यवसायीहरु बताउछन् । २०७७ चैत महिनामा देशभर ८७ हजार १८७ वटा लिखित पारित भएको थियो भने २०७८ चैतमा ७० हजार ८२९ वटा लिखित पारित भएको थियो । त्यो अनुसार घरजग्गा कारोबार अझै सामान्य अवस्थामा नआएको तथ्यांकले नै पुष्टी गर्छ । बिशेषगरि पछिल्लो समय देखिएको आर्थिक शिथिलता, उच्च ब्याजदर, महंगी, कित्ताकाटमा गरिएको कडाई लगायतका कारण २०७९ यता घरजग्गा कारोबार सुस्ताएको थियो । 

undefined

undefined

Advertisement

Advertisement