‘सिस्नेखोला-नागढुंगा’ सुरुङमार्ग अन्तरगत मुख्य टनेलको ‘ब्रेक थ्रू’ (फोटो फिचरसहित)

Advertisement

काठमाडौं । ‘सिस्नेखोला–नागढुंगा’ सुरुङमार्ग अन्तरगत मुख्य टनेलको आज ‘ब्रेक थ्रू’ गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बलास्टिङको स्वीच थिचेर टनेल ब्रेक थ्रू गरेका हुन् । 

यस परियोजना अन्तरगतको रेस्क्यु टनेल गत साउन २२ गते नै ‘ब्रेक थ्रू’ भइसकेको थियो । आज मुख्य टनेल ब्रेक थ्रू गरिएको हो, जसको लम्बाई २ हजार ६८८ मिटर छ । 

Advertisement

null

सुरुङमार्ग सञ्चालनमा आउन भने एक बर्ष लाग्नेछ । अहिले सुरुङ मार्ग ब्रेक थ्रू मात्रै भएको हो । भित्री सडक कालोपत्रे गर्न, भित्ता ढलान गर्न, अक्सिजनको मात्रा मिलाउने, बिजुली जडान गर्ने, तामक्रम मिलाउने लगायतका फिनिसीङको काम गर्न ६ महिना समय लाग्ने बताइएको छ । 

undefined

सम्पूर्ण काम सकिएपछि सुरुङमार्गलाई स्टेबल बनाउन ६ महिना यत्तिकै राख्नुपर्छ । त्यसपछि बल्ल सुरुङमार्ग सञ्चालनमा ल्याउन सकिनेछ । 

सरकारले झण्डै २३ अर्ब रुपियाँ लगानीमा बन्न लागेको परियाजना नेपालकै पहिलो आधुनिक सुरुङमार्ग हो । यसमा जापान सहयोग नियोग (जाइका) को १६ अर्ब ६३ करोड रुपियाँ सहुलियत ऋण छ । 

undefined

यो आयोजना बनाउन २०१९ सेप्टेम्बरमा जापानकै निर्माण कम्पनी हाजमा एन्डो कर्पोरेशनबीच सुरुङ निर्माणको ठेक्का सम्झौता भएको थियो ।आयोजनाको निर्माण कार्य भने २०७७ पुसबाट सुरु भएको थियो ।

आयोजना सम्पन्न भएपछि करीब २.८ किलोमिटर दूरी घट्ने छ । त्यस्तै काठमाडौंतर्फ आउँदा ३३ मिनेट र काठमाडौं बाहिर जाँदा २३ मिनेट समय बचत हुनेछ । 

undefinedundefined

Advertisement

Advertisement