रु रु जलविद्युतको खुद नाफामा सामान्य सुधार

Advertisement

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रु रु जलविद्युतको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ।

समीक्षा अवधिमा कम्पनीको खुद नाफा २.६६ प्रतिशत बढेर ६ करोड ८५ लाख रुपियाँ पुगेको छ । गत आवमा कम्पनीले ६ करोड ६८ लाख रुपियाँ खुद नाफा आर्जन गरेको थियो । 

Advertisement

कम्पनीको विद्युत बिक्री आम्दानी घटे पनि वित्तीय खर्च घटेका कारण नाफामा सामान्य सुधार देखिएको हो ।

चालू आवको चैत मसान्तसम्म कम्पनीको विद्युत बिक्री आम्दानी १.१५ प्रतिशत र कुल नाफा ०.३१ प्रतिशतले घटेको छ । त्यस्तै, कम्पनीको वित्तीय आम्दानी ६८.३२ प्रतिशत र वित्तीय खर्च २८२ प्रतिशतले घटेको छ।

नाफासँगै प्रतिशेयर आम्दानी पनि बढेको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ४८ पैसा बढेर १८.५४ रुपियाँ, प्रतिशेयर नेटवर्थ १३६.९ रुपियाँ र मूल्य आम्दानी अनुपात ४१.५९ गुणा रहेको छ।

४९ करोड ३३ लाख रुपियाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा १७ करोड ८० लाख रुपियाँ सञ्चित छ ।

Advertisement

Advertisement