दोहोरी प्रतियोगिताको उपाधि ‘नेपाली दोहोरी साँझ’लाई

Advertisement

काठमाडौं । ‘दोस्रो अन्तरदोहोरी साँझस्तरीय राष्ट्रिय दोहोरी गीत रनिङ शिल्ड प्रतियोगिता–२०७२’ को उपाधि काठमाडौँको नेपाली दोहोरी साँझले जितेको छ ।

राजधानीको भृकुटीमण्डपमा आइतबार भएको फाइनल प्रतिस्पर्धामा दक्षिण कोरियामा रहेको नमस्ते रेस्टुरेन्ट मझेरी दोहोरी साँझलाई पछि पार्दै साविक विजेता नेपाली दोहोरी साँझले पुनः उपाधि जितेको हो । त्यस्तै, आजै सम्पन्न तेस्रो स्थानका लागि भएको स्पर्धामा पोखराको रिमझिम दोहोरी साँझलाई पराजित गर्दै काठमाडौँको निरमाया दोहोरी साँझले बाजी मा¥यो ।

Advertisement

त्यसैगरी प्रतियोगितामा नेपाली दोहोरी साँझका राजु केसी, संयुक्त दोहोरी साँझका आरसी कोइराला र हिमसागर दोहोरी साँझका चिज गुरुङ उत्कृष्ट गायक तथा न्यु दरबार दोहोरी साँझकी शोभा कार्की, दरबार दोहारी क्लबकी पार्वती रावल र झरझर झरना दोहोरी साँझकी झरना रसाइली उत्कृष्ट गायिका ठहरिए ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा भएको प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल नेपाली दोहोरी साँझले ७७ हजार ७७७ रुपियाँ र प्रमाणपत्रसहित एउटा गीत रेकर्ड गर्ने स्टुडियो खर्च, छायाङ्कन खर्च र प्रवद्र्धन खर्च प्राप्त ग¥यो ।  

त्यस्तै द्वितीयले ५५ हजार ५५५, तृतीयले ३३ हजार ३३३ र सात्वनाले ११ हजार १११ रुपियाँ प्राप्त गरे । त्यसैगरी उत्कृष्टमध्ये विभिन्न प्रायोजकका तर्फबाट  गायक केसी र गायिका कार्कीले जनही  नौ हजार ९९९ रुपियाँ तथा अन्यले जनही सात हजार ७७७ रुपियाँ पुरस्कार जिते । 

विजेताहरुलाई शान्ति तथा पुनःनिर्माणमन्त्री एकनाथ ढकाल, प्रतिष्ठानका अध्यक्ष चन्द्र शर्मालगायतले पुरस्कार वितरण गर्नुभयो ।

यही चैत २४ गतेदेखि सुरु भएको प्रतियोगितामा देशभर र देश बाहिरका गरी करिब ३२ दोहोरी साँझले भाग लिएका थिए । ‘हाम्रो अभियान, लोक संस्कृति संरक्षण, स्रस्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन’ भन्ने मूल नाराका साथ प्रतियोगिता विशेषत दोहोरीमा नयाँ प्रतिभाको खोजी रहेको सांस्कृतिक संयोजक तथा गायिका राधिका हमालले बताए ।

Advertisement

Advertisement