सिन्दुरे जात्राले रंगियो पूरानो ठिमी (तस्विरहरु हेर्नुहोस)

Advertisement

भक्तपुर । पूरानो ठिमीमा मनाइने विस्केट जात्रामा सिन्दुर खेल्ने परम्परा अनुसार बिहीबार सिन्दुर जात्रा गरियो । भक्तपुरका विभिन्न स्थानमा मनाइने विस्केट जात्रामध्ये विशेष महत्वको पूरानो ठिमीको यो जात्रामा दशौं हजार सहभागी थिए । 

बिहानबाट सुरु भएको सिन्दुरे जात्राका स्थानीय परम्परागत संस्कृतिअनुसार रंगमा रमाउँदै बाजागाजा र झाँकीहरु प्रस्तुत गरिएको थियो । जातविशेषले टोलटोलबाट खट निकाली नजिकको मन्दिरमा भेला भई खट जुधाउने, सिन्दुर फ्याक्ने, बेलुकी भोज गर्ने चलन छ ।

Advertisement

Advertisement

Advertisement